current location : Lyricf.com
/
Songs
/
Red [Nepali translation]
Red [Nepali translation]
turnover time:2024-04-27 19:02:08
Red [Nepali translation]

उसलाई माया गर्नु भनेको नयाँ माजेराटी गाडी डेड-एन्ड सडकमा चलाएको जस्तै ,

हावाभन्दा चाँडो, पाप जस्तो उत्साहजनक तर एक्कासी सकिहाल्ने खालको,

उसलाई माया गर्नु भनेको छाँगाबाट हाम फालिसकेपछि मन फेरिएको जस्तै,

शरदऋतुका चम्किला रङ्गहरु जस्तै, पछि ओइलाएर जाने खालको

उसलाई गुमाउनु निलो रङ्ग थियो, थाहै नपाइकन हुने खाले,

उसको याद आउनु गाढा-खरानी रङ्ग थियो, एक्लोपन जस्तो,

उसलाई बिर्सन खोज्नु चैँ भेट्दै नभेटेको मान्छेलाई चिन्न खोज्नु जस्तै,

तर उसलाई माया गर्नु चैँ रातो रङ्ग जस्तै

रातो रङ्ग जस्तै

उसलाई छुनु भनेको आफुले खोजेको सबथोक पाउनु जस्तै थियो

उसलाई सम्झनामा राख्नु भनेको चैँ आफ्नो मन पर्ने गीतको शब्द खरर आउनु जस्तै,

उसित झगडा गर्नु भनेको उत्तर नै नभएको प्रश्नको उत्तर दिन खोज्नु जस्तो

उसलाई सम्झेर पछुताउनु भनेको आफुलाई माया यति शक्तिशाली हुन्छ भनेर थाहा नभैदिए हुन्थ्यो भन्नु जस्तो

उसलाई गुमाउनु निलो रङ्ग थियो, थाहै नपाइकन हुने खाले,

उसको याद आउनु गाढा-खरानी रङ्ग थियो, एक्लोपन जस्तो,

उसलाई बिर्सन खोज्नु चैँ भेट्दै नभेटेको मान्छेलाई चिन्न खोज्नु जस्तै,

तर उसलाई माया गर्नु चैँ रातो रङ्ग जस्तै

रातो रङ्ग जस्तै

आगोको राग जस्तो रातो

उसको सम्झना आउने चित्र आँखामा झल्झली आए जस्तो अनि कानमा आवाजहरू गुन्जिए जस्तो

आफुलाई ''अब छोडिदे'' भन्न मन लाग्ने

तर भुलेर अगाडी बढ्नु चैँ असम्भव

मेरो टाउकोमा घुमिरहने,

तातो रातो

रातो रङ्ग जस्तै

उसलाई गुमाउनु निलो रङ्ग थियो, थाहै नपाइकन हुने खाले,

उसको याद आउनु गाढा-खरानी रङ्ग थियो, एक्लोपन जस्तो,

उसलाई बिर्सन खोज्नु चैँ भेट्दै नभेटेको मान्छेलाई चिन्न खोज्नु जस्तै,

तर उसलाई माया गर्नु चैँ रातो रङ्ग जस्तै

रातो रङ्ग जस्तै

आगोको राग जस्तो रातो

अनि त्यैभएर ऊ मेरो वरिपरी घुमिरहन्छ

आइरहन्छ,

तातो रातो,

रातो रङ्ग जस्तो

उसलाई माया गर्नु भनेको नयाँ माजेराटी गाडी डेड-एन्ड सडकमा चलाएकोजस्तै

Comments
Welcome to Lyricf comments! Please keep conversations courteous and on-topic. To fosterproductive and respectful conversations, you may see comments from our Community Managers.
Sign up to post
Sort by
Show More Comments
Taylor Swift
  • country:United States
  • Languages:English
  • Genre:Country music, Electropop, Pop, Pop-Folk
  • Official site:http://www.taylorswift.com/
  • Wiki:http://en.wikipedia.org/wiki/Taylor_Swift
Taylor Swift
Latest update
Copyright 2023-2024 - www.lyricf.com All Rights Reserved