current location : Lyricf.com
/
Songs
/
Inevitable [Nepali translation]
Inevitable [Nepali translation]
turnover time:2024-05-09 19:15:22
Inevitable [Nepali translation]

साँचो भन्नु परे

मलाई कफी बनाउन आउँदैन

म फुटबल कसरी खेलिन्छ भन्ने नि बुझ्दिनँ

कुनै बेला धोका दिएको छु होला मायामा

म पार्केस 1 पनि खत्तम खेल्छु

अनि घडी कहिल्यै हातमा भिर्दिनँ

अनि अझै साँचै भन्नु परे

तिम्रो बारेमा अरु कसैले सोच्दैन जसरी म सोच्ने गर्छु

तर तिमीलाई खासै फरक पर्दैन

साँचो भन्नु परे

म कहिल्यै दस बजे अगाडी सुत्दिनँ

आइतबार आइतबार नुहाउँदिनँ

साँचो यो पनि हो

महिनामा एकचोटी म रुने गर्छु

विशेषगरी चिसो भएको बेला

मसित सबथोक गाह्रै छ

तिमीलाई त थाहा भइसक्नुपर्ने

मलाई आखिर राम्ररी चिन्छौ नि

(अनि तिमी नहुँदा सबै थोक नरमाइलो लाग्छ)

आकाश हेर्दा हेर्दा थाकिसक्यो

पानी परेको

अनि सधैँ बित्ने दिनहरु

हिजैको दिनहरु जस्तै (एकैखाले)

तिमीलाई बिर्सने कुनै तरिका भेटिनँ

तिमीलाई माया गर्न छोड्न... सकिदैन

सधैं लाग्ने गरेको हो

दुइजनाको बारे भन्नुपर्दा

आफैबाट सुरु गर्दा ठीक हुन्छ भनेर

तिमीलाई त सबै थाहा छ

यहाँ सबै बिग्रिएको छ

तैपनि अझै साँस फेर्दै छु

तर तिमीले भन्नुपर्दैन

तिमी फर्केर आउने हैनौ

म त तिमीलाई राम्ररी चिन्छु

(अब के गर्ने भनेर सोच्दै छु)

आकाश हेर्दा हेर्दा थाकिसक्यो

पानी परेको

अनि सधैँ बित्ने दिनहरु

हिजैको दिनहरु जस्तै (एकैखाले)

तिमीलाई बिर्सने कुनै तरिका भेटिनँ

तिमीलाई माया गर्न छोड्न... सकिदैन

सधैं लाग्ने गरेको हो

दुइजनाको बारे भन्नुपर्दा

आफैबाट सुरु गर्दा ठीक हुन्छ भनेर...

1. लुडो जस्तो एउटा खेल

Comments
Welcome to Lyricf comments! Please keep conversations courteous and on-topic. To fosterproductive and respectful conversations, you may see comments from our Community Managers.
Sign up to post
Sort by
Show More Comments
Shakira
  • country:Colombia
  • Languages:Spanish, English, French, Portuguese+4 more, Arabic, Zulu, German, Catalan
  • Genre:Dance, Latino, Pop, Pop-Rock, Rock, Singer-songwriter
  • Official site:http://www.shakira.com/
  • Wiki:https://es.wikipedia.org/wiki/Shakira
Shakira
Latest update
Copyright 2023-2024 - www.lyricf.com All Rights Reserved